निरोज महर्जन

विश्वास गर तिम्रो खास हुनेछु म
तिमीले फेर्ने तिम्रो सास हुनेछु म

जिन्दगीको जुवा खेल्दै गर्दा तिमी
पक्कै जित्ने तिम्रो तास हुनेछु म

अड्न खोज्दा, भिरैभिर पायौ भने
सम्झिनु, अन्तिम आस हुनेछु म

चितामा पनि पोल्छ भने सुन
जल्नको लागि तिम्रो लास हुनेछु म

नडराउनु डरले घेरो हाले पनि
आँट बनी सँधै तिम्रो पास हुनेछु म

Leave a Reply

Your email address will not be published. Required fields are marked *