प्रेमकृष्ण श्रेष्ठ
फुपु तेन्जिङ्ग शेर्पाले, दिनदुखीकै आँसु पुछेको देखेँ
शालिग्राम कतै नटिपी मनैभित्र ईश्वर कुँदेको देखेँ
भिरको गुँरास, पहिरो समातेर मुस्कुराए जो
आफ्नो भाग्यले अरुको पनि भाग्य सिँचेको देखेँ
खुसी भएन आफ्नो शरीरमा न्यानो टाँसेर
नेताहरुको नाँगो गाउँमा आङ्ग ढाक्दै हिँडेको देखेँ
कसैले एक हात हजार बनाए, उनले लुकाए
पिठयुँमा चामल बोकी चुल्होको आँसु पुछेको देखेँ
किन आउँदैन चौरासीमा यस्ता पवित्र मनहरु ?
जो आउनै हुँदैन उनीहरु चौरासी भन्दै कुँदेको देखेँ